ओलीले दलगत व्यवहार र देशप्रति जिम्मेवारीमा जोड दिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भैरहेका राजनीतिक दल र समूहप्रति टिप्पणी गर्दै विकासको नाममा अनियमित गतिविधि गर्ने व्यक्तिहरू र राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने प्रयासमा संलग्नलाई चिनाएका छन्।

मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न छन्। विकासको नाममा एनजीओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।”

उनले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा देशमा पुगेको क्षतिको जिम्मेवारी लिन सहभागीहरूले असफल भएको पनि औँल्याए।