नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार टुंगो लगायो

नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले सातै प्रदेशबाट चयनित उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

एक शीर्ष नेताका अनुसार उम्मेदवारहरू यस प्रकार छन्:

  • कोशी प्रदेश: सुनिलबहादुर थापा (अन्य)

  • मधेश प्रदेश: धर्मेन्द्र पासवान (दलित), रन्जित कर्ण (अपांगता)

  • बागमती प्रदेश: गीता देवकोटा (महिला)

  • गण्डकी प्रदेश: जगत तिमिल्सिना (अन्य)

  • लुम्बिनी प्रदेश: बासुदेव घिमिरे जंगली (अपांगता), चन्द्रबहादुर (केसी)

  • कर्णाली प्रदेश: ललितजंग शाही (अन्य)

  • सुदूरपश्चिम प्रदेश: खम्मबहादुर खाती (अन्य)

कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आगामी निर्वाचनका लागि चुनावी तालमेलबारे छलफल जारी छ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।