नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत काठमाडौंका विभिन्न स्थानबाट र्याली निकाल्न सुरु भएको छ। शंकरदेव क्याम्पस, ललितपुर कुपण्डोल लगायतबाट र्याली प्रस्थान गरेका छन्।
कुपण्डोलबाट निस्किएको र्यालीमा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन्। सहभागीहरूले नेतृत्व परिवर्तनको मागसमेत राखेका छन्।
महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा हुने भएका कारण, विभिन्न स्थानबाट निस्किएको र्याली त्यसतर्फ अघि बढिरहेको छ।

