मुम्बई। भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार बुधबार भएको विमान दुर्घटनामा निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूले जानकारी अनुसार उनी सवार चार्टर विमानमा आगलागी भएपछि दुर्घटना भएको हो।
आर्थिक राजधानी मुम्बईबाट उडेको उक्त विमानले बारामती सहरमा आपतकालीन अवतरण गर्ने प्रयास गरिरहेको थियो। प्रारम्भिक अनुमान अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटनामा परेको बताइएको छ।
टेलिभिजन च्यानलहरूले सार्वजनिक गरेको भिडियोमा विमानको भग्नावशेष एउटा खुला मैदानमा जलिरहेको र धुवाँको मुस्लो उठिरहेको देखिएको छ।
पवारको निधनको खबरले भारतको राजनीतिक वृत्तमा शोक छाएको छ। घटनाको विस्तृत विवरण र आधिकारिक पुष्टि अझै बाँकी रहेको बताइएको छ।
यस दुर्घटनाले महाराष्ट्रको राजनीतिक र प्रशासनिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ र घटनाको पूर्ण अनुसन्धान शुरु गरिएको छ।
