काठमाडौँ । एनएमबी बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई अझ सहज र सुलभ बनाउन ‘एनएमबी सफ्टपोस’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत अब एनएफसी प्रविधियुक्त एन्ड्रोइड मोबाइल फोन प्रयोग गरी कुनै पनि अतिरिक्त मेसिनबिना नै कार्डमार्फत भुक्तानी स्वीकार गर्न सकिने बैंकले जनाएको छ।
बैंकका अनुसार एनएमबी सफ्टपोस सेवाले साना तथा ठूला व्यवसायी, पसल, होटल, रेष्टुरेन्ट तथा सेवामूलक क्षेत्रलाई सुरक्षित, सरल र छिटो कारोबारको सुविधा प्रदान गर्नेछ। अब व्यवसायीले आफ्नै मोबाइल फोनलाई पोइन्ट अफ सेल (पीओएस) मेसिनका रूपमा प्रयोग गरी भिसा कार्डलगायतका कार्डबाट सजिलै भुक्तानी लिन सक्नेछन्।
यो सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै डिजिटल अर्थतन्त्रलाई थप बलियो बनाउने विश्वास बैंकले व्यक्त गरेको छ। सुरक्षित प्रविधि, सजिलो प्रयोग र छिटो कारोबारका कारण ग्राहक र व्यवसायी दुवैका लागि यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले इच्छुक ग्राहक तथा व्यवसायीलाई आजै एनएमबी सफ्टपोसका लागि आवेदन दिन आग्रह गरेको छ। थप जानकारीका लागि ग्राहक सेवामा ०१–५९७०१५० मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने बैंकले जनाएको छ।
