सुनचाँदी सस्तो, खरिदकर्तालाई राहत

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला १२५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख २ हजार ८०० रुपैयाँमा झरेको छ। यस गिरावटसँगै सुनको मूल्य पछिल्ला दिनको उच्च विन्दुबाट केही तल आएको छ।

त्यसैगरी, आइतबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।