काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक समूहअन्तर्गतको १२ हजार ३७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सूचना जारी गर्दै उक्त शेयर हालका संस्थापक शेयरधनीका लागि मात्रै खुला गरिएको जनाएको हो।
सूचनाअनुसार पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता गरी कुल १२ हजार ३७ कित्ता शेयर बिक्रीमा राखिएको छ।
हाल कायम रहेका संस्थापक शेयरधनीले मात्रै ३५ दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। तोकिएको अवधिमा आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई समेत शेयर बिक्रीका लागि खुला गरिनेछ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा पुगेर लिखित निवेदन पेश गर्नुपर्नेछ।
कम्पनीले संस्थागत संरचना सुदृढ बनाउने उद्देश्यले संस्थापक शेयर व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।
