सागर डिष्टिलरीको लकइन अन्त्य, कारोबार खुल्ने तयारी

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

काठमाडौं । Sagar Distillery Limitedको आईपीओअन्तर्गत सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि छुट्याइएको शेयरको लकइन अवधि चैत ११ गते समाप्त हुने भएको छ।

कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरेको मितिदेखि ६ महिनासम्म सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधानअनुसार उक्त शेयर हालसम्म रोक्का रहेको थियो।

आईपीओ निष्कासनका क्रममा सर्वसाधारणका लागि खुला गरिएको कुल शेयरमध्ये ५ प्रतिशतले हुन आउने ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको थियो। सोही शेयरको लकइन अवधि अब चैत ११ गते पूरा हुने भएको हो।

लकइन समाप्त भएसँगै चैत १२ गतेदेखि उक्त शेयर धितोपत्र दोस्रो बजारमा किनबेचका लागि खुला हुने कम्पनीले जनाएको छ। यससँगै बजारमा थप तरलता आउने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार