प्रभु इन्स्योरेन्सका ११ लाख संस्थापक शेयर बिक्रीमा

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूका लागि ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि प्रक्रिया अघि बढाइएको हो।

प्रचलित कानुनी व्यवस्थाअनुसार कम्पनीले सर्वप्रथम हाल कायम रहेका संस्थापक शेयरधनीहरूलाई नै उक्त शेयर खरिदका लागि प्राथमिकता दिएको जनाएको छ।

इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने व्यवस्था गरिएको छ।

तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा मात्र बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले स्पष्ट पारेको छ। यस प्रक्रियाले कम्पनीको शेयर संरचना व्यवस्थित राख्दै संस्थापक समूहभित्रै स्वामित्व हस्तान्तरणलाई प्राथमिकता दिने उद्देश्य राखेको जनाइएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ११, सोमबार