ठूला तीन दल मिल्ने तयारी

  • Clock icon
    २०८२ फाल्गुन १६, शनिबार

चुनावी सरगर्मी उत्कर्षमा पुग्दै गएका बेला रास्वपा वरिष्ठ नेता बालेन साहले झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा अप्रत्यासित झड्का व्यहोर्ने खतरा उत्पन्न भएको छ ।

विभिन्न निकायले गरेको आन्तरिक मत सर्वेक्षणका आधारमा यस्तो निश्कर्ष निकालिएको हो ।

स्रोतका अनुसार श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, राप्रपा नेता तथा दमकका मेयर राम थापाले पनि ओलीलाई समर्थन गर्ने तयारी भइरहेको छ । त्यसो त अन्तिममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्दा चितवनबाट रास्वपा किनारमा धकेलिने सम्भावना बढेको पनि दावी स्रोतको छ ।

तीनैवटा दलले एक एक वटा निर्वाचन क्षेत्रबाट एकअर्कालाई सघाउने हो भने यो असम्भव कुरा पनि होइन । सर्लाही ४ मा गगन थापालाई एमालेले सघाउने र काँग्रेसले झापा ५ मा ओलीलाई साथ दिने निर्णय अन्तिम अवस्था पनि हुन सक्ने बताइन्छ ।

कांग्रेस सभापति गगन थापाले यदि यस्तो निर्देशन दिएनन् भने पनि झापाका देउवा समर्थितले ओलीलाई मतदान गर्ने तयारी गरेको स्रोतको दावी छ । अहिले गगनले केही नभने पनि केही नबोलेकाले जहाँ भोट हाले पनि हुन्छ भन्ने सुविधा दिएको अर्थसहित यस्तो निश्कर्ष देउवा पक्षधरले निकालेको बताइन्छ ।

उनीहरूले देउवामाथि आक्रमण हुँदा त्यसको प्रतिरक्षामा गगन थापा नउभिए पनि ओलीले काँध हालेको हुँदा गुण तिर्ने अवसरको रूपमा पनि लिएका छन् ।

तनहुँमा राष्ट्रपति रामचन्द्र पौडेलको सिट खालि भएपछि उपचुनाव जितेका स्वर्णिम वाग्ले एकदिन पनि आफ्नो क्षेत्रमा नफर्केको, जनतासँग साक्षात्कार नगरेको भन्दै आलोचित बनेका छन् ।

झापामा नयाँ पुस्ताले यो कुरा बुझ्न ढिलाइ गरे पनि पुरानाले यस्तो कुरा नोट गरेको हुनुपर्छ । त्यसो त ओलीले अहिले कतिपय एमालेकै नेतालाई आफ्नो नाम बेचेर खाएको आरोपसहित जनताको कुरा राम्रैसँग सुन्ने निर्देशन दिएका छन् ।

उनले इन्द्र भण्डारी, गोविन्द थापा र मुख्यमन्त्री हिक्मत कार्कीसमेतलाई झाँको झार्ने गरेको प्रत्यक्षदर्शीले बताए । मेयर थापासँग दमक केन्द्रको ३ देखि ४ हजार मत तलमाथि पार्न सक्ने क्षमता छ ।

केपी ओलाी गगन थापा र रेनुका दाहालको जित पक्का गर्न मिल्ले भएका हुन् ।

 

 

जन आस्थाबाट साभार