कुमारी बैंकका ३ हजार कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बिक्रीका लागि अगाडि बढाएको हो।

बैंकले हाल यो शेयर केवल आफ्ना विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्रीमा राखेको जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको नियमअनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापकहरूलाई नै दिनुपर्ने भएकाले यो कदम चालिएको हो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कुमारी क्यापिटल, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापकहरूबाट आवेदन नपरेको खण्डमा मात्र यो शेयर अन्य सर्वसाधारण वा संघ संस्थाका लागि बिक्री खुला गरिने बैंकले प्रष्ट पारेको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार