दोलखामा छोटो विवाद नियन्त्रणमा, मतदान सुरक्षित

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

दोलखा । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा दोलखाको तामाकोशी गाउँपालिका–४, मालु मतदानस्थलमा छोटो विवाद भएको छ।

मतदान केन्द्रमा विवाद भएपछि सुरक्षा व्यवस्थामा खटिएका प्रहरीले स्थिति नियन्त्रण गर्न हवाइ फायर गरेका थिए। दोलखा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए, “निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि तत्काल अवस्था नियन्त्रणका लागि हवाइ फायर गरिएको हो। अहिले सबै कुरा सामान्य अवस्थामा छ।”

स्थानीय सुरक्षा संयन्त्रको छिटो हस्तक्षेप र निगरानीका कारण मतदान प्रक्रिया पुनः शान्तिपूर्ण रूपमा सञ्चालनमा आएको छ।

मतदानस्थलमा उपस्थित मतदाताहरूले पनि सुरक्षाकर्मीको तत्परता र व्यवस्थापनको प्रशंसा गरेका छन्। यस घटनाले तत्कालै नियन्त्रणमा आएकोले निर्वाचनमा ठूलो असर परेको छैन र मतदान सुरक्षित वातावरणमा जारी रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार