निर्वाचनको दिन : काठमाडौंको सडक सुनसान (फाेटाे)

निर्वाचनको दिन प्रतिनिधिसभा निर्वाचनका कारण उपत्यकाका धेरै मानिसहरू आफ्नो गृहजिल्लातर्फ गएपछि काठमाडौंका सडकहरू आज सुनसान देखिएका छन्।

निर्वाचनको दिन भएकाले काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ।

पास लिएका केही सवारीसाधनहरूलाई मात्र आवतजावत गर्न दिइएको भए पनि प्रहरी र नेपाली सेनाले कडा जाँच गरिरहेका छन् ।