नेपालकी मेडिकल विद्यार्थी सुप्रियालाई फेसबुकको तीन हजार ७५० डलरको बग बाउन्टी पुरस्कार

  • Clock icon
    २०८३ कार्तिक ६, बिहीबार

नेपालको तनहुँ भानु नगरपालिका–११ की मेडिकल विद्यार्थी सुप्रिया अधिकारीले विश्वप्रसिद्ध प्रविधि कम्पनी मेटा (फेसबुक)बाट तीन हजार ७५० अमेरिकी डलर (बग बाउन्टी) पुरस्कार पाउने भएकी छन्।

चिकित्सा शिक्षासँगै सूचना प्रविधि र साइबर सुरक्षामा रुची राख्दै आएकी अधिकारीले मेटाको प्राविधिक प्रणालीमा रहेको सम्भावित कमजोरी पहिचान गरी कम्पनीलाई प्रतिवेदन बुझाएकी थिइन्।

प्रतिवेदन कम्पनीले स्वीकार गर्दै उक्त कमजोरी जिम्मेवार रूपमा पहिचान गरी जानकारी गराएकोमा सो रकम बराबरको डलर पुरस्कार दिने निर्णय गरेको जनाइएको छ ।

बग बाउन्टी कार्यक्रमअन्तर्गत प्रविधि प्रणालीमा रहेका सुरक्षा कमजोरी पहिचान गरी सम्बन्धित कम्पनीलाई जानकारी गराउने व्यक्तिलाई कमजोरीको प्रकृति र महत्वका आधारमा पुरस्कार प्रदान गरिन्छ।

यस प्रक्रियाले डिजिटल प्रणालीको सुरक्षा मजबुत बनाउन सहयोग पुर्याउने बताइएको छ ।

मेडिकल विद्यार्थी भएर पनि साइबर सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनीबाट पुरस्कार पाउने सफलता हासिल गर्नु अधिकारीका लागि उल्लेखनीय उपलब्धि ठानिएको छ ।

उनको सफलताले चिकित्सा शिक्षासँगै अन्य प्राविधिक क्षेत्रमा पनि आफ्नो रुची, ज्ञान र सीप विकास गर्न सकिने सन्देश दिएको भनिएको छ ।

अधिकारीको उपलब्धिले नेपालका युवामा रहेको प्राविधिक क्षमता र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने सम्भावनालाई समेत उजागर गरेको छ।

विशेषगरी साइबर सुरक्षा तथा सूचना प्रविधिमा रुची राख्ने युवाका लागि उनको सफलता प्रेरणाको पाइला टेकेको हो । नेपालको सरकारी निकायमले पनि उनको सहयोग लिन सक्छ ।