प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भइरहेको निर्वाचनमा किरीयापुत्रीले समेत मतदान गरेका छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ निवासी केशरबहादुर देवकोटा र डल्ले देवकोटाले मतदान गरेका सहायक मतदान अधिकृत लक्ष्मण शााहले जानकारी दिए ।
उनिहरुले वडा नम्बर ५ सेरीगाउँमा रहेको यमुनानन्द नमूना माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । उनको आमाको गत फागुन १४ गते निधन भएको थियो ।
यसैबिच रुकुम पश्चिमका सबै मतदान केन्द्रहरूमा मतदान जारी रहेको छ । ७६ मतदान स्थलका १४० स्थायी र दुई अस्थायी मतदान केन्द्रमा शान्त र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले उल्लेख गरे ।
उनका अनुसार दिउँसोसम्म जिल्लाभर ३४।५३ प्रतिशत मत खसेको छ । १८ हजार ९७२ महिला र १७ हजार ८६२ पुरुष गरेर जम्मा ३६ हजार ८३४ जनाले मतदान गरेका छन् ।
गोरखापत्रबाट साभार