प्रधानमन्त्री सुशीला कार्कीले असहज अवस्थालाई सामान्यकरण गर्दै निर्वाचन सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको सफलता भएको बताएकी छन्।
बिहीबार साँझ राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिएकी छन्।
उनले आफू केही सन्तुष्टी र धेरै आशाका साथ बिदा हुन लागेको बताएकी छन्।
प्रधानमन्त्री कार्की आज चैत १३ गतेबिदा हुँदैछिन्। आज नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिनेछन्।
