उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी निर्वाचित

  • Clock icon
    २०८२ चैत्र २७, शुक्रबार

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन्।

रुबीकुमारीको पक्षमा २२९ मत रह्यो भने उनको विपक्षमा पाँच मत रह्यो। उक्त संख्या सांसद संख्याको बहुमत हो। २२ सांसद मत दिन्न भन्ने पक्षमा रहे।

संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले उपभामुख पदमा ठाकुरलाई मतदान गर्ने निर्णय गरेको थियो। रास्वपाको समर्थन पाएसँगै ठाकुर निर्वाचित हुने निश्चित थियो।

प्रतिपक्षमा रहेका दलले पनि प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी ठाकुरलाई समर्थन गरेका थिए। एमालेले तटस्थ रहने बताएको थियो।

उपसभामुख पदमा राप्रपाबाट सरस्वती लामाको पनि उम्मेदवारी परेको थियो। उनको पक्षमा पाँच सांसदमात्र रहे। उनको विपक्षमा २१५ मत खस्यो भने ३७ सांसद तटस्थ रहे।

आजको प्रतिनिधिसभा बैठकमा २५६ जना सांसाद उपस्थित थिए।