काठमाडाैं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (वैशाख २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता सेयर आईपीओका रूपमा निष्काशन गर्ने अनुमति पाएको हो।
सोमध्ये १० प्रतिशत अर्थात ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
आज अन्तिम दिन भएकाले इच्छुक लगानीकर्ताहरूले समयमै आवेदन दिन कम्पनीले आग्रह गरेको छ। यस आईपीओलाई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी अवसर विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
