राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा मंगलबारभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रिजल्ट यहि वैशाख २९ भित्र नतिजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको छ ।
यसरी हेर्न सकिन्छ नतिजा
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको नतिजा एसएमएस गरेर, आईभीआर वा सिधै वेबसाइटमा गएर हेर्न सकिनेछ ।
एसएमएसमार्फत कसरी हेर्ने ?
एसएमएस र आईभिआरमार्फत नतिजा नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रा.लि र एम्बिसन गुरुबाट हेर्न सकिन्छ । नेपाल टेलिकमार्फत हेर्नका लागि एसएमएस र आईभीर दुवैका लागि १६०० कोड प्रयोग गर्न सकिन्छ ।
एम्बिसन गुरुमार्फत ३१०६१ मा र जानकी टेक्नोलोजिमाफर्त हेर्नका लागि ३५००१ मा एसएमएस गर्न सकिने कार्यालयले जनाएको छ ।
कुन–कुन बेवसाइटमार्फत हेर्ने ?
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजीक्षेत्रका गरी १४ वटा वेबसाइटलाई अनुमति दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत हेर्नका लागि www.see.gov.np र www.neb.gov.np मा जानुपर्छ ।
नेपाल टेलिकम : www.see.ntc.net.np
कान्तिपुर पब्लिकेन : www.ekantipur.com
इडियु सञ्जाल : www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
कलेज इन्फो नेपाल प्रा.लि : see.collegeinfonepal.com
द कनेक्ट प्लस प्रा.लि : https://theconnectplus.com
एनसेल आजियाटा लिमिटेड : https://ncellapp.ncell.com.np/result
निमा एजुकेसन फाउन्डेसन : result.neemaacademy.com
फोनिक्स एजुकेसन फाउन्डेसन : resultayo.com
एम्बिसन गुरु प्रा.लि : see.ambition.guru
एनईबी रिजल्टस एन्ड न्युज प्रा.लि : https://see.merostudy.net
इन्द्रेणी टाइम्स नेटवर्क प्रालि: nebeducation.com/see