तीन दलबिच भयाे सहमति

  • Clock icon
    २०८२ जेष्ठ ३०, शुक्रबार

भिजिट भिसा प्रकरणमा सदन खुलाउन प्रमुख दलबिच २ बुँदे लिखित सहमति भएको छ। सहमित भएसँगै संसद खुल्ने भएको छ । यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टी सहमतिमा सहभागी भएको छैन ।

सहमतिअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा पनि नआउने र छानविन समिति पनि नबन्ने भएको छ । छानविनका लागि अख्तियारलाई सरकारले सहयोग गर्ने र अध्यागमनमा सुधारका लागि उपयुक्त व्यवस्था गर्ने उल्लेख छ ।

गृहमन्त्रीको राजीनामा नआउने, छानविन समिति पनि नबन्ने

भिजिट भिसामा रास्वपाको अडान यथावत्, संसदीय छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायमै राख्ने भएको छ ।

गृहमन्त्री नै मुछिएको भिजिट भिसा प्रकरणमा सरकारले आफै छानबिन गर्ने कुरा अस्वभाविक भएको ठहर गर्दै संसदीय वा न्यायिक छानबिन समिति गठन नभएसम्म अवरोध जारी राख्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

  • Clock icon
    २०८२ जेष्ठ ३०, शुक्रबार