साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.७८ अंकले बढेर बन्द भएको थियो।
यो साता शेयर बजारमा उतारचढाब देखीएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंकले घटेर बन्द भएको थियो। त्यसैगरि दोस्रो कारोबार दिन मंगलबार २४.६३ अंकले घट्यो।
तेस्रो कारोबार दिन भने बजारले सकरात्मक गति लियो।
यस दिन शेयर बजार ४४.५९ अंकले बढेर बन्द भएको थियो। चौथो कारोबारमा पनि ८.७८ अंकले बढेर बन्द भएको सेयर बजार साताको अन्तिम कारोबार दिन आज ८.३० अंकले घटेको हो। यो साता समग्रमा शेयर बजार २.९४ अंकले घटेको छ।
आज नेप्सेमा १ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ६० कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४५ कम्पनीको ८५ लाख ८४ हजार ४ सय १ कित्ता शेयर ४६ हजार २ सय ३४ पटक किनबेच भएको छ।
आज ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५ सय ३७ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।
आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १३.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ४५ कृषि ऋणपत्रको ४३ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
