महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहित डिजिटल हबको उद्घाटन

काठमाडौं / महालक्ष्मी विकास बैंकको काठमाण्डौं ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरेका हुन । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।