इराकद्धारा इरानको प्रशंसा

इराकका प्रधानमन्त्री अली अल-जैदीले इरानको सहयोगी अडानको प्रशंसा गरेका छन्।

उनले एक दशकअघि आईएसआईएसविरुद्धको युद्धमा गरेको सहयोगको तारिफ गरेका हुन्।

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानी संसद्‌का सभामुख मोहम्मद बाघेर गालिबाफसँगको भेटमा अल(जैदीले उक्त अभिव्यक्ति दिएका हुन्।

गालिबाफ इराकको औपचारिक तीनदिने भ्रमणका लागि बगदाद पुगेका छन्।

यस अवसरमा मोहम्मद बाघेर गालिबाफले इरान र इराकबिचको सम्बन्ध अझ विस्तार गर्ने इराकको प्रयासको प्रशंसा गरे।

उनले भने, ‘दुवै देशका जनताको साझा हितलाई ध्यानमा राख्दै पारस्परिक सहयोगलाई अझ प्रवर्द्धन गर्नु महत्त्वपूर्ण छ।’