काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
वित्तीय क्षमता विस्तार, व्यवसाय वृद्धि तथा ग्राहकलाई थप प्रभावकारी सेवा दिने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ। सम्झौतापछि तीनवटै संस्थाको विस्तृत अध्ययन, मूल्याङ्कन तथा ड्यु डिलिजेन्सलगायतका प्रक्रिया अघि बढाइनेछ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै प्राप्ति प्रक्रिया अन्तिम रूपमा कार्यान्वयन हुनेछ।
