नबिलका दुई फन्डको प्रतिफल घोषणा, कति पाउँदैछन् इकाइधनी ?

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले गत आर्थिक वर्षका लागि नगद प्रतिफल घोषणा गरेका छन्।

नबिल इन्भेष्टमेन्ट बैंकिङको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–३ का इकाइधनीलाई २.५ प्रतिशत नगद प्रतिफल दिने निर्णय गरेको हो।

प्रतिफल वितरणका लागि दुवै योजनाले असोज ७ गते बुकक्लोज गर्नेछन्। त्यसैले असोज ६ गतेसम्म कायम इकाइधनीले घोषित प्रतिफल प्राप्त गर्नेछन्।