आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आज मंगलबार जारी ओमानविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
आइसीसी लिग – २ : आमानसग भिड्द नेपाल, शीर्ष ६ स्थान जोगाउन जित्नैपर्ने दबाब
२४ वर्षीय दायाँहाते ब्याट्सम्यान रोहितले ५८ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
९२ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका उनले यो ढाँचाको क्रिकेटमा १३ औं अर्धशतक बनाएका हुन् । यो ढाँचाको क्रिकेटमा उनले तीनवटा शतक पनि बनाएका छन् ।
यही शृंखलाको आइतबार सम्पन्न क्यानडाविरुद्धको खेलमा पनि रोहितले एक सय एक रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई हजार पाँच सय रन पनि पूरा गरेका छन् ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले ४० ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय ७१ रन बनाएको छ ।
नेपाल र ओमान दुवैले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । पहिलो खेलमा ओमानले क्यानडालाई ४१ रनले र नेपालले पनि क्यानडालाई नै २४ रनले हराएका थिए ।
