मनसुन पूरै नेपालबाट बाहिरिएको छ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गरी आज (अक्टोबर १४) देखि देशभर कतै पनि मनसुन नरहेको घोषणा गरेको हो।
यसअघि मौसम विभागले यही असोज १७ गते ९अक्टोबर ३ तारिख० ‘मनसुन बहिर्गमन बुलेटिन-१’ प्रकाशन गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको जानकारी गराएको थियो।
आज बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको अर्थात् अबदेखि देशभरि नै मनसुन नरहेको जानकारी मौसम विभागले गराएको हो।
