काठमाडौं । जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब पार्टीले सुशासनको नारा नलगाउन सुझाव दिएकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै बमले सञ्चारमाध्यममाथि भइरहेको गतिविधि र पत्रकारमाथि प्रहरीबाट भएको भनिएको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।
‘रवि लामिछाने जी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ। कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने,’ उनले लेखेकी छन् ।
त्यस्तै, पत्रकारमाथि प्रहरीबाट भएको भनिएको घटनाबारे सरकारलाई नै जानकारी नभएको भन्दै उनले प्रश्न गरेकी छन्, ‘सरकारलाई थाहा छैन भने कसलाई थाहा हुन्छ, ओलीलाई कि लेखकलाई?’
उनले सुरक्षा निकायसँग समन्वयको अभाव रहेको र राज्यका संयन्त्रहरूबीच विश्वास तथा सहकार्यको सट्टा शक्ति संघर्ष देखिएको टिप्पणी गरेकी छन् ।
