नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि फाइनल खेल जारी छ।
फाइनल खेल हेर्न दर्शकदिर्घामा उत्साहपूर्ण सहभागिता छ।
यसैबिच एनपीएल फाइनल हेर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सुधन गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र खेलकुदमन्त्री सस्मित पोखरेल पनि त्रिवि क्रिकेट मैदान पुगेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच फाइनल भिडन्त भइरहेको छ।
