प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमण सन्तुलनको राजनीति र विशवासिलो कुटनीतिलाई अघि बढाउने प्रयासमा सम्पन्न भएको छ । प्रधानमन्त्री शाहको भ्रमणमा दुवै देश राजनीतिक रुपमा स्थापीत सम्बन्धमा एक हदसम्म टक्क अडिएको छ ।
यहाँबाट अघि बढ्न दुवैपक्षबाट जनाईएका प्रतिबद्धता के के र कति कार्यान्वयन भए भन्ने विषयले आगामी दिनमा सम्बन्ध कस्तो हुनेछ भन्ने तय हुने देखिन्छ । यस पटक अघिल्ला संस्करण मध्ये राजनीतिक संवाद र परराष्ट्र सम्बन्धलाई स्थापित गर्न सन्तुलित प्रयास भएको छ ।
यसपटकको भ्रमणमा भारतको सुरक्षा संयन्त्र प्रत्यक्ष रुपमा सहभागी देखिएन् । प्रधानमन्त्री शाहका भेटघाट राजनीतिक र सरकार प्रमुखको स्तरका भएका छन् ।
दुई पक्षीय भेटघाटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल देखिएन् । परराष्ट्र विभाग र राजनीतक नेतृत्वबीच भएको भेटघाट र छलफलले दुई देश बीच राजनीतिक सम्बन्धलाई महत्वका साथ स्थापित गरेको देखिन्छ ।
विकास र समृद्धिको मुख्य मुद्दालाई सम्बोधन गर्दै थाँती रहेका सीमा समस्यालाई दुई देशका सरकारी संयन्त्रमार्फत समाधान खोज्ने प्रयास भएको छ । राष्ट्रवादका नाममा छिमेकीसँग वादविवाद भन्दा पनि विद्यमान समस्यालाई आपसी सहमति र समझदारीमा निष्कर्षमा पुर्याउने प्रयास भएको बुझिन्छन् ।
नेपालमा आईआईटीको शाखा खुल्ने, नेपाल र भारतका शहर बीच हवाई सेवा, रेल सेवा र आर्थिक सहायताको कार्यक्रमले प्राथमिकता पाउनु भ्रमणको सकारात्मक पक्ष हो । उपलब्धिका रुपमा अत्यन्तै ठुलो उपलब्धि नभए पनि चुकेको पनि उति खास देखिएन् । मुलतः दुवै प्रधानमन्त्रीबीचको बडी ल्याङ्गवेज र विश्वासको वातावरण बनाउने कडीका रुपमा हेर्न सकिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घनिष्ठ मित्र तथा छिमेकीका रूपमा नेपालको विकास यात्रामा भारतको अटल सहयोग रहने प्रतिबद्धता जनाएका छन् । दुवै प्रधानमन्त्रीले ’विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोण सार्वजनिक हुनु सकारात्मक पक्ष हो । संयुक्त दृष्टिकोणसम्बन्धी वक्तव्यले भारत र नेपालबीचको सम्बन्ध विश्वासको वातावरण बनाउन सहयोग गरेको छ।
आर्थिक तथा विकास साझेदारी, सम्पर्क सञ्जाल, ऊर्जा तथा जलस्रोत र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने पहलहरूले मजवुत साथ पाएको देखिन्छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको पारवहन व्यापारका लागि दीनदयाल बन्दरगाह (कान्डला, गुजरात) हुँदै नयाँ सम्पर्क मार्ग उपलब्ध गराउन सहमत भएको थपफ सकारात्मक विषय हो ।
नेपालका लागि नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी)तथा पेट्रोलियम पाइपलाइन स्थापनाका लागि गरिएका प्रतिबद्धताहरु स्रहानिय छन् । त्यसका अलावा जलवायु परिवर्तनका असर सामना गर्ने क्षमता, विपद् न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ सहकार्यका विषयलाई सम्बोधन भएका छन् ।
दुवै प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीचको सरयू–कमला एक्सप्रेस रेल सेवाको उद्घाटन गरेपछी धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको छ ।
दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि भूउपग्रहमा आधारित सञ्चार सञ्जाल (स्याटकम)स्थापना गर्ने विषयमा समझदारी कायम हुनुले पनि नेपाललाई अवसर प्राप्त भएको दखिन्छ ।
यी र यस्ता विषयहरु अहिलेको टड्कारो आवश्यकता हो । दुवै देशका प्रधानमन्त्रीद्वय शाह र मोदीका भेटमा भारतीय पक्षबाट त्यहाँका पावरफुल राष्ट्रिय सुरक्षा सलाहकार र अन्य इन्टेलिजेन्स एजेन्सीको प्रत्यक्ष सहभागिता देखिएन् । यसर्थ, भ्रमण आपसी विश्वास र राजनीतिक तहमा त्यसलाई विस्तार गर्न परराष्ट्र स्तरमा केन्द्रित भएको सकारात्मक पक्ष हो ।
जेनजी मुभमेन्टबाट सत्तामा पुगेका प्रधानमन्त्री शाहसँग भारतले पनि पुरातन खुफिया स्कूलिङलाई बदल्दै युवा सोंचलाई सम्मान गर्न खोजेको अनुभुति गर्न सकिन्छ । नेपाल भारत सम्बन्धका कैयौं आयाम छन् । सन्धि, सम्झौता र सहमतिका अग्ला पर्खाल भित्र अविश्वसाको बढ्दो खाडललाई बढावा नदिएर सौम्य र सौहाद्रपुर्ण द्विपक्षीय सम्बन्ध अघि बढाउने दुवै देशबाट भएका प्रयासहरु भविष्यको सम्बन्धलाई मजवुद गर्न आशावादी देखिन्छन् ।
पुराना डक्ट्रिन र आधारहरुका सकारात्मक पक्षलाई अनुसरण गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि यो भ्रमण अर्थपुर्ण भएको देखिन्छ । त्यसमाथि दुवै प्रधानमन्त्रीबीच भएको वान अन वान कुराकानीमा द्विपक्षीय सम्बन्ध अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषयमा भएका अर्थपुर्ण छलफलले उत्साह थपेको देखिन्छ।
देश भित्रको उग्र राष्ट्रवादको छाँया र भारतीय पक्षको माइक्रो म्यानेजमेन्टको उत्कण्ठालाई यसपटकको भ्रमणले सफा गरेको समेत बुझ्न सकिन्छ । राजनीतिक तहमा दुई नेताहरुको समझदारीलाई दुवै देशका नागरिक तहसम्म सञ्चार गराउँदै द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने भ्रमण फलदायी देखिन्छ । यद्यपि, यस अघि प्रधानमन्त्री शाहले व्यक्त गर्ने राष्ट्रवादको शैली र भारतीय पक्षको डोमिनेट डिप्लोमेसीले मान्यता नपाएको अर्थमा समेत व्याख्या गरिनुपर्छ ।
बदलिंदो वैश्विक शक्ति सन्तुलन,उर्जा संकट,युद्धको विश्व परिवेश र डाटामा भईरहेका वैश्विक उतारचढावको राजनीतिक संकटलाई दुवै नेताहरुले मिहिन ढङ्गले छलफल गरेको बुझिएको छ ।
समग्रमा भन्नुपर्दा धेरै ठुलो उपलब्धि त्यति नभएपनि विश्वासको सम्बन्ध स्थापित गर्न प्रधानमन्त्री शाहले प्रयास गरेको लेख्न सकिन्छ । विरोधका लागि विरोध गर्नलाई त थुप्रै कमी कमजोरी उपलब्ध छन तर भ्रमणबाट नेपाललाई क्षति पुगेको अवस्था रहेन् ।
(सन्चारकर्मी एवम लेखक उपाध्याय राजनीतिक विश्लेषणमा पनि रुचि राख्दछन)