कम्तीमा दुई मैदानमा चौथो संस्करणको एनपीएल हुने

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छलफल अगाडि बढाएका छन् । उनले मन्त्रालयका पूर्वाधार टोलीदेखि फ्रेन्चाइज टोली र नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरेका छन् ।

  • Clock icon
    २०८३ मंसिर ११, शुक्रबार

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भएकै दिन ५ मंसिरमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले छैटौं संस्करणदेखि होम एन्ड अवेमा सञ्चालन गर्ने घोषणा गरे ।

होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिवद्धता प्रधानमन्त्री बालेनले जनाए ।

सोही परिकल्पना पूरा गर्ने उद्देश्यसहित शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले छलफल अगाडि बढाएका छन् । उनले मन्त्रालयका पूर्वाधार टोलीदेखि फ्रेन्चाइज टोली र नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरेका छन् ।

सुरुवातमा मन्त्री पोखरेलले रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया तथा प्राविधिक मापदण्डका विषयमा मन्त्रालयका पूर्वाधार टोलीसँग छलफल गरेका थिए ।

छलफलपछि मन्त्री पोखरेल सरकार र निजी क्षेत्रको साझेदारी सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने निचोडमा पुगे ।

त्यसपछि उनले निजी क्षेत्रको साझेदारीमा फ्रेन्चाइज टोलीलाई नै पहिलो प्राथमिकतामा दिनुपर्ने योजना अघि सारे । सोही विषयमा मन्त्री पोखरेलले आठवटै टिमसँग छलफल गरे ।

छलफलमा आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधिसहित क्यानका सचिव पारस खड्का पनि सहभागी थिए ।

प्रधानमन्त्री बालेनले उल्लेख गरेअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला, चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला, काठमाण्डु गोर्खाजका लागि त्रिवि क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला घरेलु मैदान हुन् ।