साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार शेयर बजार घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ बिन्दुमा पुगेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.५० अंक, सेन्सेटिभ इण्डेक्स ०.९६, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ।
आज कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएकोमा आज ३५३ स्टकको ४२ हजार ८२१ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
