फ्लप फिल्मबाट आउने ६६% पारिश्रमिक नलिने कलाकार निर्मल शर्माको घोषणा

कलाकार निर्मल शर्मा

आफूले खेलेको फिल्म फ्लप भएपछि उक्त फिल्मबाट आउने ६६% पारिश्रमिक नलिने कलाकार निर्मल शर्माको घोषणा – शर्मा भन्छन् – “म कलाकारिता रुचाउने सामान्य कलाकार,चलचित्र क्षेत्र प्रतिको अगाध प्रेम र पहिले निर्माता सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु ।

मैले कुनै माहान काम त गरेको होइन तर हालसालै प्रदर्शन भएको आफूले पनि खेलेको चलचित्रले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो, सम्झौता पत्र हातमै छ लिन बाँकी ६६% पारिश्रमिक नलिने निर्णय गरेँ ।