खोज पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा योगदान दिएको भन्दै अमेरिकाको टेक्ससस्थित हेम–सरिता पाठक फाउन्डेसनले उकालो डटकममा सम्लग्न दीपा दाहाल र कान्तिपुर पत्रिकाका मातृका दाहालाई जनही १ लाख रुपैयाँ रासी सहित सम्मान गरेको छ । दाहालद्वयलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।
खोज पत्रकारितामार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जबाफदेहीताका पक्षमा कलम चलाएको भन्दै दीपा र मातृकालाई एक कार्यक्रम सहित सम्मान गरेको फाउन्डेशनले जनाएको छ ।
सोही कार्यक्रममा १ लाख रुपैयाँ राशिको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्टलाई पुरस्कृत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
हेम–सरिता पाठक फाउन्डेसन सन् २०१० मा अमेरिका र नेपालमा दर्ता भएको गैरनाफामुखी संस्था हो। फाउन्डेसनका प्रमुख संरक्षक पाठकका दिवंगत अभिभावक टंकप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा स्थापित यो संस्थाले शिक्षा, महिला सशक्तीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्दै आएको छ।
फाउन्डेसनले आफ्नो यात्रा सन् २०१२ मा झापाका १६ जना आर्थिक रूपमा कमजोर बालबालिकालाई स्कुल पठाएर शुरू गरेको थियो। त्यसयता यसले काठमाडौँको साँखुस्थित घुमर्चोकमा उग्रतारा माध्यमिक विद्यालय निर्माण, भूकम्पपछिको पुनर्निर्माणमा १० जना विपन्न एकल महिलालाई नयाँ घर निर्माण र जीविकोपार्जनका लागि बाख्रा वितरण जस्ता काम गर्दै आएको छ।