लक्ष्मी सन्राइज बैंक र इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बिच सम्झौता भएको छ । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासका लागि आइएफसीसँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको हो ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आइएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् । यो साझेदारीले सूचना ग्रविधि, बजार, कर्जा र सञ्चालनसम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेछ ।
बैंकले जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्सजस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवद्र्धन गर्ने गरी दुई मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्ने जनाएको छ ।