भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हुत्या भएको छ। ६८ वर्षीय बेलबहादुर गिरी, उनकी पत्नी मञ्जु गिरी, छोरी मनिषा र छोरा सपन गिरीको ज्यान गएको हो। प्रहरीका अनुसार हुत्या आरोपमा घाइते अवस्थामा भेटिएका ज्वाइँ राजेन्द्र राईले नै चारै जनाको हुत्या गरेको स्वीकार गरेका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ।
घटना राति करिब १ बजे भएको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।