सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार
citizen life

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर रेकर्ड कायम गर्न कम्पनी सफल भएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्षमा सात अर्ब ५१ करोड रुपैयाँ व्यवसाय गरेर सर्वाधिक व्यवसाय गरेको वर्षको रेकर्ड कायम बनाउन सफल भएको छ । स्थापना कालदेखि नै अन्य जीवन बीमा कम्पनीहरुलाई टक्कर दिदै आएको सिटिजन लाइफले लिएको व्यवसायिक रणनीति र अभिकर्ता प्रोत्साहनका कारण ऐतिहासिक रुपमा व्यवसायिक सफलता हासिल गरेको हो ।

कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा पोषकराज पौडेल हुनुहुन्छ । उहाँले यो सफलता हासिल गर्न एक्लैले सम्भव नभएर पूरा टिमको अथक मिहेनत रहेको जनाउनुभएको छ साथै यस कार्यका संग्लग्न सबैमा आभार व्यक्त गर्नुभएको छ । सिटिजन्स लाईफ नेपालको उत्कृष्ट बीमा कम्पनीमा पर्दछ ।