विद्युत प्राधिकरणका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अब अनलाइन बाटै

हितेन्द्र hitendra

नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय माध्यम अर्थात् अनलाइनबाट कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था लागू गरेको छ ।

प्राधिकरणले विद्युतीय माध्यममार्फत कार्यसम्पादन मूल्यांकन फाराम भर्ने र मूल्यांकन गर्ने व्यवस्था छ । साथै, त्यो सुरक्षित तथा गोप्य रहने गरी अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ भन्ने उल्लेख छ । त्यसलाई कार्यान्वयन गर्दै चालू आवको साउन १ गतेदेखि विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो ।

यसबाट कार्यसम्पादन मूल्यांकन नियमित, निष्पक्ष, सरल, मितव्ययी, गोप्य, सुरक्षित र विश्वसनीय हुने जानकारी पाइएको छ ।