ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाइ बाँडफाँट

ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाइ बाँडफाँट भएको छ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत ग्लोबल आइएमई क्यापिटलले २२ देखि २७ असारसम्म प्रतिइकाइ १० रुपैयाँका दरले कुल १२ करोड इकाइ बिक्रीमा ल्याएको थियो ।

बिक्री अवधिभर लगानीकर्ताबाट मागभन्दा बढी इकाइका लागि आवेदन परेपछि नियमानुसार जारी इकाइको २५ प्रतिशत अर्थात् तीन करोड इकाइ थप गरी कुल १५ करोड इकाइ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलल इकाइमध्ये १५ प्रतिशत बीज पुँजीमध्ये दुई करोड २५ लाख इकाइ कोष प्रवद्र्धकलाई र १.५ प्रतिशत अर्थात् २२ लाख ५० हजार इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १२ करोड ७५ लाख इकाइ सर्वसाधारणमा २ साउनमा वितरण गरिएको हो ।

रीतपूर्वक आवेदन दिने ३५ हजार सात सय ४८ जनालाई मागबमोजिम ११ करोड नौ लाख २६ हजार १० इकाइ र दुईजनालाई समानुपातिक रूपमा
एक करोड ६५ लाख ७३ हजार नौ सय ९० इकाइ बाँडफाँट गरिएको बताइएको छ । यो १० वर्षे अवधिको बन्दमुखी योजना हो ।