नेपाल स्टक एक्सेचन्ज ९नेप्से० परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। आज नेप्से ६२.२५ अंकले बढेर दुई हजार ६७३.६९ को विन्दुमा कायम भएको हो । यो २.३८ प्रतिशतको वृद्धि हो।
आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ। ३०८ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर ९९ हजार ३०५ पटक खरिद–बिक्री हुँदा रु। १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ बराबरको कारोबार भएको हो
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह ५.४७ र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। बैंकिङ २.९७, विकास बैंक २.४०, होटेल तथा पर्यटन १.५९, लगानी ०.८१ र जीवन बिमा समूह २.४४ प्रतिशतले बढेको छ।