नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सुन खरिद गर्दा सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई पालना गर्न संघ तथा महासंघ र व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

सुन व्यवसायीहरूले वाणिज्य बैंकबाट सुन खरिद गर्नका लागि संघ तथा महासंघले सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको हो ।