तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना युवक घाइते भएका छन्।
बन्दीपुर गाउँपालिका ४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा गएराति
बा.प्र.०२.०५५ प १६३९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीया पम्फा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते बोटेको उपचारका क्रममा गएराति नौ बजेतिर मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय अनिल गोतामे र पछाडि सवार १८ वर्षीय मन्दिप घिमिरे घाइते भएका छन्।
घाइते दुवैको लक्ष्मी सिटी अस्पताल डुम्रे, तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
