साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ। यस दिन सेयर बजार मापक नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ बिन्दुमा झरेको छ। बुधबारको तुलनामा बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ।
बिहीबारको कारोबार अवधिमा कुल ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँको सेयर किनबेच भयो। बुधबार यसअघिको कारोबार रकम १० अर्ब ३३ करोड रुपैयाँ थियो। कारोबार रकममा १ अर्ब ३२ करोड रुपैयाँले वृद्धि भएको हो।
यस दिन बजारमा ३१५ वटा धितोपत्रका ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएका छन्। ९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भए पनि १५० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ।
बिहीबारको कारोबार अवधिमा केही कम्पनीका लगानीकर्ताहरूले मुनाफा आर्जन गर्न सफल भए। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री र छ्यांङ्गदी हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।