सुन फेरि ओरालो, चाँदीले फर्कायो बढोत्तरीको लय
नेपालको सुन बजारमा बुधबार पनि मूल्य घट्ने क्रम जारी रहेको छ। मंगलबार एकैदिन प्रतितोला २९ सय रुपैयाँले सस्तो भएको सुन आज फेरि ७०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि मंगलबार उक्त मूल्य २ लाख ३७ हजार रुपैयाँमा कारोबार […]