प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको हो । जसमा संक्रमणकालिन न्याय तथा गभर्नर नियूतिको विषयमा छलफल भएको छ । छलफलमा गृहमन्त्री रमेश लेखक तथा एमाले नेता अग्नी खरेल सहभागि थिए ।