अदालतको आदेशपछि अध्यक्ष ओझा पुनः पदस्थापित
सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः पदमा फर्किएका छन्। मंगलबार अदालतको आदेशपत्र प्राप्त गरेसँगै ओझा प्राधिकरण कार्यालयमा हाजिर भएका हुन्। प्राधिकरणका निर्देशक पुजन ढुंगेल ‘अधिकारी’का अनुसार आजदेखि ओझाले नियमित रूपमा काम सुरु गरेका छन्। अघिल्लो सोमबार (भदौ २३) सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले सरकारको बर्खास्त […]