धान रोपाइँमा ढिलाइ, तर उत्पादन ६० लाख मेट्रिक टन पुग्ने अनुमान
चालु आषाढको तेस्रो सातासम्म देशभर कुल ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो। मन्त्रालयका अनुसार हालसम्म करिब १० लाख हेक्टर जमिनमा धान रोपिएको छ। तर, कुल धान खेतीयोग्य क्षेत्रफल करिब १४ लाख हेक्टर रहेको जनाइएको छ। मन्त्रालयका सूचना अधिकारी […]