महाकाली उर्लिँदा शारदा ब्यारेजमा गाडी रोकियो
लगातारको वर्षासँगै महाकाली नदीमा पानीको बहाव तीव्र बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपांग्रे सवारी साधनको आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक (cusec) नाघेपछि सवारी रोक्ने प्रावधानअनुसार निर्णय गरिएको हो। आज बिहान ८ बजे महाकालीको बहाव १,०९,९८० क्युसेक पुगेपछि ब्यारेजमा चारपांग्रे […]