सम्झौता उल्लङ्घन गर्ने २० कम्पनी एक वर्षका लागि कालोसूचीमा परे
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिम काम नगर्ने २० वटा निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूमा गणेश निर्माण सेवा, किशोर एण्ड नविन कम्पनी एण्ड सप्लायर्स, औतारी निर्माण सेवा तथा सप्लायर्स, […]