इप्पानको योगदानले ऊर्जा क्षेत्रमा नयाँ उचाइ: उपराष्ट्रपति र मन्त्रीको प्रशंसा
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न योगदान पुर्याएको उल्लेख गर्दै यसलाई राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारभूत स्तम्भ […]